Ads

समानुपातिकतर्फ कुन दलले कति मत पाए ?


काठमाडौं, । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणम करिब करिब अन्तिमतिर आइपुगेको छ । मतपरिणामअनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल बनेको छ भने समानुपातिकतर्फ एमाले पहिलो दल बन्ने पक्का भएको छ ।

समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना भइसकेको छ । निर्वाचन आयोगका अनुसार जसमध्ये एमालेले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने कांग्रेसले २६ लाख ५२ हजार ६ सय २८ मत प्राप्त गरेको छ ।

यस्तै माओवादी केन्द्रले ११ लाख ६१ हजार आठ सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार दुई सय ५९, जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार नौ सय ४३ र जनमत पार्टीले तीन लाख ९४ हजार तीन सय ८५ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फका एक सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा २, दोलखा र बाजुराको परिणाम आउन बाँकीे छ ।
पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ कांग्रेस ५५ स्थानमा, एमालेले ४४ स्थानमा, माओवादी केन्द्र १७, एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान सात स्थानमा जित हासिल गरेका छन् । स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादीको चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान एक स्थानमा विजयी भएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू