Ads

यो पाँच वर्षभित्र ठूलठूला काण्ड मच्चाउनेलाई कठघरामा उभ्याउनेछु : शाही


काठमाडौं । जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताए ।

निर्वाचित भएपछि शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना ९एमसीसी० र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने बताए ।

आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने पनि उनले बताए ।

‘अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध, अब हाम्रो लगाइ रोजगारी सिर्जना गर्नका लागि हुनेछ’ उनले भने, ‘अहिलेको कानुनले भ्रष्ट्राचार नियन्त्रण भएन । अब ठूलठूला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भनेपनि कठघरामा उभ्याउनेछु ।’

Ads

सम्बन्धित पोष्टहरू