काठमाडौं, । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाजुरा प्रदशेसभा क्षेत्र नंं (ख) का उम्मेदवार लाल बहादुर थापाले स्व. चेतन एडि र सन्जिव एडिलाई सम्झिदै कांग्रेसका विजयी पदम बहादुर शाहीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
आईतबार विहान नेता थापाले सामाजिक सञ्जालमार्फत शाहीलाई शुभकाना दिएका हुन । त्यस्तै उनले आफुलाई विश्वास गरेर मत जाहेर गर्ने बाजुरा प्रदेश सभा क्षेत्र नं २ अन्तर्गतगतका सबै स्थानीय तह र त्यहाँका मतदाताप्रति आभार ब्यक्त गरेका छन् ।
उहाँले बिविध कारणहरुसँगै स्वतन्त्र पुर्वक जनताले मतदान गर्न नपाउनु मेरो पार्टी र मेरो हारको मुख्य कारण रहेको बताएका छन् । ज जसले मत दिनु भयो तपाई प्रति असाध्यै ऋणी छु । जसले मत दिनु भएन यसलाई मत नदिएको रुपमा भन्दा पनि थप जनसेवामा र मेरो राजनीतिक यात्रामा मेहनेत र तयारी गर्नका लागि दिनु भएको सुझावका रुपमा ग्रहण गरेको नेता थापाले भने । जनताको मत मेरा लागि शिरोपर्य छ, उनले भने थप जनसेवामा मेहनेत र तयारीका लागी म लागि पर्ने नै छु ।
निर्वाचनमा जीत हार स्वाभाविक हो तर एमालेका बिरुद्व चौतर्फी घेराबन्दी भएको यस्तो प्रतिकुल अवस्थामा हामिले यो चुनावको सामना गरेको बताए । निर्वाचनको दौरानमा संलग्न पार्टीपंक्ती, कार्यकर्ता साथीहरुमा विचलित नहुन समेत आग्रह थापाले गरे ।
नेता थापाले भने, अरु पार्टिका झण्डा मुनि बसेर पनि मलाई नेतृत्वको रुपमा माया गरी मत जाहेर गर्नुहुने तपाई थुप्रै साथिहरुको गुन भुल्ने छैन । निर्वाचनलाई सफल तुल्याउन अहोरात्र खटिनु हुने सहकर्मी, निर्वाचन आयोग, निर्वाचनमा संलग्न राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी,निर्वाचन परिबेक्षक, मिडियाकर्मी लगाएत सबैमा आभार व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्