Ads

अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध पहिलो टेस्ट जित्याे


काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले पहिलो टेस्टमा वेस्ट इन्डिजविरुद्ध आइतबार एक सय ५४ रनको जित निकालेको छ । यस जितसँगै अस्ट्रेलियाले दुई टेस्टको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम खेल ८ डिसेम्बरमा एडिलेडमा हुनेछ ।

पर्थ स्टेडियममा जितका लागि चार सय ९८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज तीन सय ३३ रनमा समेटिएपछि अस्ट्रेलियाले जित निकालेको हो । १९२–२ को स्थितीबाट पाँचौ दिनको सुरुआत गरेको वेस्ट इन्डिजले थप एक सय ४१ रन  जोड्दा बाँकी आठ विकेट गुमाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान क्रायग ब्रेथवेटले १३ चौकाकाे मद्दतमा एक सय १० रन बनाएका थिए । रोस्टन चेसले ५५ रन जोडे । त्यस्तै चन्द्रपलले ४५ र अल्जारी जोसेफले ४३ रनको योगदान दिए । अस्ट्रेलियाका लागि नाथन लियोनले सर्वाधिक ६ विकेट लिए । पहिलो इनिङमा अस्ट्रेलियाले ५९८-४ को बलियो स्थितिमा रह्यो । वेस्ट इन्डिज दुई यस ८३ रनमा अलआउट भएको थियो । यससँगै अस्ट्रेलियाले तीन सय १५ रनको अग्रता बनाएको थियो ।

अस्ट्रेलियाले १८२-२ को स्थितीमा दोस्रो इनिङ समाप्तिको घोषणा गरेको थियो । यससँगै अस्ट्रेलियाले वेस्ट इन्डिजसामु जितका लागि चार सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले एक सय १० बलमा १३ चौका र दुई छक्का मद्दतले अविजित एक सय चार रन बनाए ।त्यस्तै, डेविड वार्नरले ४८ रन बनाउँदा स्टिभ स्मिथ २० रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि केमर रोच र रोस्टन चेसले समान एक विकेट लिए ।

Ads

सम्बन्धित पोष्टहरू