Ads

शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै


काठमाडौं । तेह्रौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ ।

मंसिर २० देखि २६ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्य तथा महिला मोडल फिजिकमा स्वेता कपालीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

राजेशबाबु श्रेष्ठको नेतृत्वमा जाने टोलीको व्यवस्थापकमा दिनेशकुमार राजभण्डारी, प्रशिक्षकमा रुजेश शाही, अफिसियलमा राजेश उपाध्याय र निर्णायकमा दिनेश श्रेष्ठ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव अन्जन धमलाले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Ads

सम्बन्धित पोष्टहरू