Ads

हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स च्याम्पियन


काठमाडौं । हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । हेम्सले सिनियर ब्वाइज, इनोभेटिभले सिनियर गल्र्स र काठमाडौं जेभियर्सले जुनियर ब्वाइजको उपाधि जिते । प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा हेम्सले एआईएलाई ३४–२७ ले पराजित गर्‍याे ।

जितमा हेम्सका हेमन्त राजवंशीले २० अंक योगदान गरे । स्प्याङ्गल तेस्रो भयो । सिनियर गर्ल्सकाे  उपाधि भिडन्तमा पूजा थापाको १० अंक सहयोगमा इनोभेटिभले काठमाडौं जेभियर्सलाई १२–७ ले हरायो । चैतन्य संस्कार शिक्षालयले तेश्रो स्थानमा चित्त बुझायो । घट्टेकुलोस्थित सूर्योदय माविमा भएको जुनियर ब्वाइजको फाइनलमा काठमाडौं जेभियर्सले चैतन्यमाथि २२–१४ को जित रच्यो । काठमाडौं जेभियर्सका सुविन बस्नेतले ८ स्कोर गरे । सूर्योदय तेस्रो बन्यो ।

सिनियर ब्वाइजमा हेम्सका दृष्य खड्का, सिनियर गर्ल्समा इनोभेटिभकी पूजा थापा र जुनियर ब्वाइजमा काठमाडौं जेभियर्सका सुविन बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा एआईएका दिगेश आले मगर, सिनियर गर्ल्समा काठमाडौं जेभियर्सकी सन्ध्या थापा र जुनियर ब्वाइजमा चैतन्यका समिर केसी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

सिनियर ब्वाइजमा चैतन्य, सिनियर गर्ल्समा स्वप्नवाटिका र जुनियर ब्वाइजमा एआईए अनुशासित टिम चुनिए । सिनियर ब्वाइजमा १७, सिनियर गर्ल्समा १४ र जुनियर ब्वाइजमा ९ गरी जम्मा ४० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू