Ads

आज नेपाली बजारमा सुनको मूल्य स्थिर


काठमाण्डौ। नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्य कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ।

 

Ads

सम्बन्धित पोष्टहरू