Ads

चीनको कठोर कोभिड नीति हट्यो, नागरिकमा राहत र चिन्ता


एजेन्सी

बेइजिङ । चीनले संक्रमितलाई क्वारेन्टाइन शिविरमा बाध्य पार्नेसहितका आफ्ना कठोर कोभिड नीतिहरू फिर्ता गरेको छ । कठोर नियन्त्रणविरुद्धको ऐतिहासिक विरोध प्रदर्शनको एक सातापछि सरकारले कोभिड नीति फिर्ता गरेको हो ।

हल्का वा कुनै लक्षण छैन भने कोभिड भएका व्यक्तिहरू अब राज्य सुविधाहरूमा नभई घरमा अलग्गै बस्न सक्छन् । उनीहरूले अब धेरै स्थानहरूमा परीक्षणहरू देखाउन आवश्यक पर्दैन । तथापि, विद्यालय र अस्पतालहरूको लागि पीसीआर परीक्षण आवश्यक छ ।

आकस्मिक परिवर्तनप्रति नागरिकले राहत र चिन्ता दुबै व्यक्त गरेका छन् । केही अनलाइन प्रयोगकर्ताहरूले खुलापनलाई प्रश्न गरेका छन् । ‘चिकित्सा प्रणाली अस्तव्यस्त हुनेछ र धेरै वृद्धहरू संक्रमित हुनेछन् ।  यो अब सुरु हुन्छ’, एक प्रयोगकर्ताले लेखे । सरकारकाे काेभिड नीतिका कारण अर्थव्यवस्था र पर्यटनमा चाैपट असर परेकाे सराेकारवालाहरूले बताउँदै आएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू