काठमाडौं, । निर्वाचित भएको हप्तादिन नपुग्दै नवनिर्वाचित प्रदेश संसद नेरेश कुमार शाही एक महत्वपूर्ण कामको सुरुवात गरेका छन् । सुदूरपश्चिम प्रदेश क बाजुराबाट नवनिर्वाचित शाहीले कोल्टीमा इलाका प्रशासन स्थापना गर्न जुटेका छन् ।
कोल्टि क्षेत्रमा इलाका प्रशासन स्थापनाका लागि संसद शाहीले बुधाबार प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीसँग छलफल गरेका छन् । बाजुराका पुर्वोउत्तरी क्षेत्रका चारवटा स्थानीय तह नागरिकहरुलाई नागरिक प्रशासनबाट सेवासुविधाबाट टाढा भएको भन्दै सांसद शाही छलफलमा जुटेका हुन ।
सांसद शाहीले कोल्टीमा इलाका प्रशासन स्थापनाका लागि पहल गर्नु प्रजिअलाई निर्देशन दिएका छन् । शाहीले आफ्नो तर्फबाट गर्ने पहल अफुले गर्ने जिल्ला प्रशासन कार्यलयबाट गर्ने पहल कदमी गर्न प्रजिअलाई अग्रह गरेका हुन । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले इलाका प्रशासन स्थापना गर्नका लागि आफ्नो भरपुर सहयोग हुने बताएका छन् ।
प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा सांसद शाहीले मार्तडी कोल्टि सडकखण्डअन्तरगत पर्ने दाँङसागु र अनाईखोलामा बेलिब्रिजको पहल हुनुपर्ने सांसद शाहीले वताए । त्यस्तै मार्तडी कोल्टि सडकखण्डमा भाडा ब्यबस्थापन, उत्तरी क्षेत्रमा टेलिफोन ब्यबस्थापन, राष्ट्रिय बिद्युक्त प्रशारण लाईन बिस्तारका बारेमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्