काठमाडौं । महोत्तरीमा चिसोका कारण बिरामीको संख्या बढ्न थालेको छ । बाक्लो हुस्सु र कुहिरो लागेका मौसम प्रतिकूल बन्दै गएपछि चिसोका कारण बिरामीको संख्या बढ्न थालेको हो ।
एक सातादेखि स्थानीय अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीकहरुले बताएका छन् । चिसोका कारण ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरिया लगायतका बिरामीको संख्या बढेको उनीहरूको भनाइ छ ।
चिसो बढ्न थालेपछि बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिला प्रभावित भएका छन् । कमजोर आर्थिक अवस्था भएकाहरू समेत जाडोको चपेटामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्