Ads

लमजुङका निर्वाचित जनप्रतिनिधि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा


लमजुङ । हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरू मतदातालार्ई धन्यवाद व्यक्त गर्न गाउँगाउँ पुगेका छन्। प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका पृथ्वीसुब्बा गुरुङ, प्रदेश सभा (क)मा निर्वाचित टकराज गुरुङ, (ख) मा निर्वाचित भेषबहादुर पौडेल गाउँगाउँमा पुगेका हुन् ।

निर्वाचनअघि मत माग्न गाउँ पुगेका उनीहरु निर्वाचित भएपछि पनि धन्यवाद दिन गाउँगाउँ पुगेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ आफ्नो जन्मथलो क्व्होँलासोंथर गाउँपालिका–९, गिलुङ टक्सार, पालिकाका अन्य गाउँ, मध्यनेपाल नगरपालिकाका केही गाउँ, सुन्दरबजारको दुराडाँडा, राइनास नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाका केही ठाउँमा पुगेका छन् ।

प्रदेश सभा (क) मा निर्वाचित डा.टकराज गुरुङ र प्रदेश सभा (ख) मा निर्वाचित भेषबहादुर पौडेलले अधिकांश ठाउँमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू