Ads

मोटरसाइकल दुर्घटनामा दुईजना गम्भीर घाइते


काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । नारायणगढ- मुग्लिन सडक खण्डमा बिहीबार साँझ दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते दुवैको परिचय नखुलेको र उनीहरूलाई उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू