Ads

समानुपातिकतर्फका सांसदको नाम टुंग्याउन सकेन माओबादीले, भाेली पुनः बैठक बस्दै


काठमाडौं, । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याएरै सकिएको छ । बैठक भोलि फेरि बस्नेगरी सकिएको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको बताइएको छ ।

समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए ।

भोलि माओवादी पदाधिकारी बैठक बसेर समानुपातिक सूची फाइनल गर्ने पोखरेलले बताए । माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ ।

Ads

सम्बन्धित पोष्टहरू