काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीको मूल्य एक लाख नाघेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ कारोबार भईरहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको थियो।
प्रतिक्रिया दिनुहोस्