Ads

सरकारले अध्यादेश ल्याउनु निर्लज्जताको पराकाष्ठा, तत्काल फिर्ता हुनुपर्छ : रवि लामिछाने


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेलमा रहेका रेशम चौधरीलाई सरकारले छुटाउनेगरी ल्याएको अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता टिकाउनका लागि अध्यादेश ल्याएपछि त्यसको विरोध सुरु भएको छ ।

सरकारको यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठ भएको रविले बताएका छन् । अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको समेत उनले बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? १ हप्ता ? २ हप्ता ? ३ हप्ता ? त्यस्तो के आपत्काल लागेको थियो र १/२ हप्तापनि कुर्न नसकिने ? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ, नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।’

Ads

सम्बन्धित पोष्टहरू