भैरहवा । पूर्वाधारमा अगाडि रहेको सिद्धार्थनगरलाई अब सामाजिक र आर्थिक विकासमा पनि अघि ल्याउनु पर्ने उद्योगी व्यवसायीहरूले बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आज भैरहवामा आयोजना गरेको ‘सिद्धार्थनगरमा आर्थिक चलायमान कसरी बढाउने’ विषयक अन्तरक्रियाका सहभागी उद्योगी व्यवसायीले भौतिक पूर्वाधारमा ४–५ दशकदेखि फड्को मारे पनि आर्थिक विकासका हिसाबले सिद्धार्थनगर पछि रहेको बताए ।
व्यापारिक केन्द्रको रुपमा परिचय बनाएको सिद्धार्थनगर आर्थिक रुपमा बिस्तारै कमजोर हुँदै गएको उनीहरूको भनाइ छ । ६ लेन सडक, अन्तराष्ट्रिय विमानस्थल, सेज, दोस्रो ठूलो भन्सार, निजी तथा व्यवसायीक क्षेत्रमा अर्बौ लगानी भए पनि आर्थिकस्थिति खस्किदै गएको छ । जनसंख्याको हिसाबले भैरहवा विकसित शहर जस्तै भए पनि स्थापित बजार नहुँदा व्यापार व्यवसाय फास्टाउन नसकेको उनीहरूको दुखेसो छ ।
सिद्धार्थनगर उद्योग वािणज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपानेले आर्थिक चलायमान बढाउन संघले महोत्सव आयोजना गरेको बताए । उनले भने, ‘यसले समग्र भैरहवा क्षेत्रमा केही भए पनि आर्थिक चलखेल हुने र रोजगारी सृजना गर्छ । हाम्रो मुख्य चुनौती नै खुला सीमा हो । यहाँका व्यवसायी नै सीमापार जाने अनि उपभोक्ताले यहाँ खरिद गरेनन् भन्ने गर्छ ।’ डण्डा करिडोरलाई व्यवस्थित गर्ने, अन्तराष्ट्रिय स्तरको खेल आयोजन गर्ने, रात्रीकालिन बजारले आन्तरिक र वाह्य पर्यटकबाट पनि सजिलै आर्थिक चलायमान गर्न सकिने उनले बताए ।
आशाको खेतीमा रउने उद्योगी व्यवसायीहरूले अब व्यवसायलाई समयसापेक्ष पनि बनाउनु पर्ने सहभागीहरूको भनाइ छ । खुला सीमालाई अवसर र चुनौतीको रुपमा लिनु पर्ने अध्यक्ष न्यौपानेले बताए ।
संघका उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले द्रुत गतिमा पूर्वाधर विकास भएको र अब समानान्तर रुपमा आर्थिक गतिविधि पनि चलायमान हुनुपर्ने बताए । लकडाउनको समयमा सीमा बन्द हुँदा भएको व्यवसाय अहिले पनि सामान्य बनेको छैन । ग्राहक नपाएर बजारका सटर खाली हुँदै जानु र व्यवसाय बन्द हुने क्रम बढ्दो रहेको छ । बुटवल र सीमावर्ती बजार यहीको उपभोक्ता गएर गुलजार गरिरहेका छन् हामीले उपभोक्ताबाट थोरै नाफा लिए पनि सचेतना नफैलाए यो अवस्था झन्ै गम्भीर हुने उनले बताए ।
संघका कोषाध्यक्ष तथा पर्यटन व्यवसयाी गोविन्द ज्ञवालीले पर्यटकलाई माग अनुसारको सुविधा दिए मात्रै आर्थिक चलायमान हुने बताए । हामीले ठूलाठूला कुरा गर्नुभन्दा पर्यटकमैत्री वातावरण सृजान गरेर मात्रै थुप्रै सम्भावनालाई भजाउन सकिने बताए । विश्वकै ध्यान केन्द्रको रुपमा रहेको लुम्बिनीलाई भैरहवाले नै भजाउन नसकेको उनले गुनासो गरे । तीन तहकै सरकारको ध्यान यसमा गए राम्रै प्रचारप्रसार गरे भारतको एक प्रतिशत जनता मात्रै नेपाल आए सेवा दिन नसक्ने अवस्थामा समेत पुग्न सक्ने बताए । सौन्दर्यकरण र पर्यटक लक्षित कार्यक्रमका लागि दबाब श्रृजन गर्न उनले व्यवसायीहरूलाई आग्रह गरे ।
उद्योगी विकास गोयन्काले २४ घण्टा उद्योग चलाउनका लागि सरकारले महोल श्रृजना गर्नुपर्ने बताए । सरकारकै विभेदकारी नीतिले कतिपय उद्योगी पलायन हुने अवस्थामा छन्, नीतिलाई उद्योग–मैत्री रुपमा परिवर्तन गर्दै लगे आर्थिक चलायमान स्वतः हुने बताए ।
व्यवसायी गौरव श्रेष्ठ, गोपाल उपाध्याय, कृष्ण घिमिरेलगायतले बैँकको मनपरि ब्याजदर, चोरी पैठारी, नियमक निकायको गैरजिम्मेवार कार्यले आर्थिक चलायमानमा असर पु¥याएको बताए । विमानस्थल २४ घण्टा सञ्चालनमा आए पनि यातायात र सीमामा पर्यटकहरूले सास्ती खेप्नु परेको छ । एकै प्रकृतिका व्यवसाय एकै ठाउँमा राखे, विदेशमा जस्तै ‘वाकिंङ स्ट्रिट’ को अवधारणा पनि भैरहवामा ल्याउन जरुरी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्