काठमाडौं । प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसदमा निशा डाँगी निर्वाचित भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिसभा सदस्य समानुपातिक प्रणालीबाट डांगी निर्वाचित भएकी हुन । २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डाँगी २५ वर्षकी मात्रै हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि २५ वर्ष पुगेको हुनुपर्ने व्यवस्था अनुसार उनी २५ वर्षकी मात्रै रहेकी छन् । दोस्रोमा सबैभन्दा कम उमेरकी सांसद पनि रास्वपाकै २६ वर्षकी विनीता कठायत छिन् । उनी पनि समानुपातिक प्रणालीबाट निर्वाचित भएकी हुन् ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट पनि रास्वपाबाटै काठमाडौं क्षेत्र नम्बर २ मा २७ वर्षकी सोबिता गौतम निर्वाचित भएकी थिइन । रास्वपाले पेश गरेको बन्दसूचीमा खस आर्यबाट गणेश कार्कीको नाम दोस्रोमा भए पनि चलखेल गरेर डाँगीको नाम सिफारिस गरेको भन्दै रास्वपाकै कार्कीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए ।
यस्तै दलित महिला समूहको पहिलो नम्बरमा रहेकी कल्पना रोक्काले पनि आफूलाई सिफारिस नगरेर पार्टीले दलित समूहबाट दुवै जना पुरुष सिफारिस गरेको भन्दै विरोध गरेकी थिइन ।
प्रतिक्रिया दिनुहोस्