Ads

आजको मौसम : प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना


काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तराईमा हुसु लागेको छ भने पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । प्रदेश १ र गण्डकीका पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू