लमजुङ । सुन्दरबजार नगपालिका-२ मा नौ लाख रुपैयाँको लागतमा सिँढी बाटो निर्माण गरिएको छ । वडाभित्रका बेरोजगार युवाहरुलाई रोजगार प्रदान गर्ने उद्देश्यले संघ र वडा कार्यालयको ५०/५० प्रतिशतको लागतमा वडा नं. २ को देउरालीदेखि नाँउदी र पाउँदी खोला सम्म पुग्ने सिँढी बाटो निर्माण भएको वडा कार्यालयले जनाएको छ ।
सिँढी १५० सेन्टिमिटर चौडाई र ५३० मिटर लम्बाई रहेको छ । सिँढी निर्माणपछि गाँउका स्थानीयलाइ गाउँबेसी गर्न तथा हिँड्डुलमा सहज हुने वडा अध्यक्ष श्रेष्ठको भनाइ छ । सिँढी निर्माण कार्य सम्पन्न हुन अझै १० दिन लाग्ने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । सिँढी निर्माण योजनामा स्थानीय ९० जनाले १५ दिनको रोजगारी पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्