Ads

अपाङ्गता भएका व्याक्तिहरु सबैलाई एउटै बास्केटमा हालेर नहेर्न आग्रह


  • धर्म सुनार

काठमाडौं, । ’विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिहरुको समवेशीकरण तथा सहभागिता’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । राष्ट्रिय ’विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा सोमाबार काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरुसँग सो अन्तरक्रिया भएको हो ।

कार्यक्रमा सहभागिताहरुले विपद्पूर्व, विपद्को समय र विपद्पछिका तीनै चरणका लागि अपाङ्गता भएका व्यक्तिहरुलाई पनि मध्यनजर गरी सूचना, नीति तथा कार्यक्रमहरु बनाउनुपर्नेमा जोड दिएका छन् । विपदबाट सवैभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु प्रभावित हुने भन्दै उनीहरुको सुरक्षाका लागि कार्यक्रमहरु बनाउनुपर्नेमा उनीहरुको जोड हो ।

कार्यक्रमका अध्यक्षता गरेका प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा अपाङ्गता भएका व्यक्तिहरुको समवेशीकरण तथा सहभागिताका लागि प्राधिकरणका तर्फबाट मानक निर्देशिकाहरु तयार गरी त्यसलाई स्थानीयकरण गर्ने कार्य भइरहेको बताएका छन् ।

एक वर्षको अन्तरावलमा तपाईहरुसँग यो जुन भेला गर्न पायौँ, उनले भने, हामिले जुन एक वर्षमा गरेका हाम्रा प्रगतिहरु, प्राधिकरणले गरेका कामहरु, तपाईहरुले गर्नुभएका अनुभवहर जुन हामिहरुले आज यसरी साट्न पायौँ त्यसले हामीहरुलाई प्राधिकरणमा काम गर्ने स्टापहरु र यो कुरालाई पु-याउनलाई मलार्य व्याक्तिरुपमा ठुलो उर्जा पर्धान भएको छ ।

मुख्या गरि अपाङ्गताका विभिन्न खाल्का स्तरहरु हुन्छन अपाङ्गताहरुको अनुसार त्यसमा पनि उमेर, जातजाती, महिला, वृद्ध–विद्धा, बच्चाहरुको स्तरनै फरक फरक हुन्छ त्यो स्तरलाई ख्याल गरेर हामीले विपद् जोखिमको परिपेक्षकबाट कसरी हामीले यस्तो कार्यक्रमहरु संयूत्तरुपमा गर्न सकिन्छ त्यो सिकाई मेरो लागि व्यक्तिगतरुपमा सबैभन्दा महत्वपूर्ण रहेको प्रमुख पोखरेलले बताए ।

मुख्यागरी हामीहरुले विश्वव्यापीरुपमै हेर्ने हो भने झण्डै १५ प्रतिशत जनसंख्या विभिन्न खालका अपाङ्गता भएको हुनुहुन्छ र त्यो व्याक्तिरु मुख्यगरि विपत्को अवस्थामा बढि प्रभावित हुनुहुन्छ ।

विवत पछाडी पूनः निर्माणको कुरा गरेउ, पूनः निर्माण गर्दा जुन रिकवरी हुन्छ हो त्यो गर्दापनि अपाङ्गता भएका व्याक्तिहरुलाई अरु व्याक्तिहरुको तुलनामा निकै कठिन हुन्छ भन्ने कुारा जायर रहेको समेत उनले बताए ।

उनले भने, २०७२ सालमापनि भुकम्प व्यहो-याउ, हरेका वर्ष त्यसपछाडीको प्राधिकरण स्थापना भएको तीन वर्ष भएको छ । यो तीन वर्षमा पनि हामीले थुप्रै बाढी–पहिरो अन्य विभिन्न खालका विवतहरु व्याहुरीरहका छौ । त्यो विपतहरुले नै अपाङ्गताहरु जन्माउने, ल्याउने र त्यो सँगसँगै अहिले अपाङ्गता भएका व्याक्तिलाई झन बढि प्रभावित बनाउने गरेको छ ।

अव यो वस्थामा हेर्नेहो भने विश्वव्यापीमै हेर्नेहो भने झण्डै ७१ प्रतिशत अपाङ्गता भएका व्याक्तिहरुको आफ्नो व्याक्तिगत पूर्व तयारी गर्ने पलानिङ नै गरिएको छैन ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि पानी तथा सरसफाइमा पहुँचयोग्य डिजाइनबारे आर्किटेक्ट दीपक केसीले विश्वका विभिन्न देशका उदाहरणसहित प्रस्तुतीकरण गर्नुभयो । उहाँले अपांगता भएका व्यक्तिको दैनिक जनजीवन सहज बनाउन मात्र नभएर आत्मसम्मानका लागि पनि पहुँचयोग्य संरचनाहरुको आवश्यकता पर्ने बताउनुभयो । केसी स्वयम् अपांगता भएका व्यक्ति हुनुहुन्छ ।

कार्यक्रममा प्राधिकरणका सहसचिव रोशनी कुमारी श्रेष्ठले प्राधिकरणले तीन वर्षमा गरेका कार्यहरु, निर्माण भएका तथा भइरहेका कार्यविधि एवं निर्देशिकाहरु, अन्य नीतिगत व्यवस्था समेटिएको प्रस्तुतीकरण गरिन् ।

राष्ट्रिय अपांग महासंघका सचिव सिर्जना केसीले बहुअपांगतालाई पनि ध्यानमा राखेर भवन संहिता तथा सहयोगी सामग्रीको निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले विपदबारेको सूचना नै अपाङ्गता भएका व्यक्तिहरुसम्म नपुगेको भन्दै यसतर्फ प्राधिकरणको ध्यानाकर्षण गराईन ।

कार्यक्रममा सहभागीहरुले धेरै प्रकारका अपाङ्गता हुने र उनीहरुको समस्या र आवश्यकता पनि फरक फरक हुने भएकाले सबैलाई एउटै बास्केटमा हालेर नहेर्न पनि आग्रह गरे । विपद्पछि स्थापना गरिने आश्रयस्थलहरु अपाङ्गतामैत्री नहुने र राहतमा उनीहरुको पहुँच पुग्न नसकेको तर्फ पनि ध्यानाकर्षण गराए । विपद्का सूचना दिने उपकरणहरु अपाङ्गतामैत्री बनाउन पनि उनीहरुले आग्रह गरे ।

Ads

सम्बन्धित पोष्टहरू