Ads

नेपाली बजारमा सुनको मूल्य घट्यो


काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको । मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ४ सय रुपैयाँ कायम भएको छ।सोमबार प्रति तोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला १ लाख ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला ५ रुपैयाँले घटेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू