Ads

हिमालयन बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौं । हिमालयन बैंकले ११.११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको मंगलबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको नाफाबाट कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

आ.व २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र हिमालयन बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि  सेयरधनीहरूलाई वितरण हुने बैंकले जनाएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू