Ads

सट्टेबाजी आरोपमा काठमाडौंबाट थप एक जना पक्राउ


काठमाडौं । कतारमा सम्पन्न विश्वकप फुटवल–२०२२ मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पुस ४ मा महानगरपालिका–११ मरूटोलबाट ४३ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

रसियन एप ‘वान–एक्स बेट’ मार्फत काठमाडौं–२० भीमसेनस्थान घर भएका श्रेष्ठले फुटबलमा सट्टेबाजी गराएको पाइएको प्रहरीले जनाएको छ । सट्टेबाजी गराउन श्रेष्ठले ह्वाट्स एप मार्फत कुराकानी गरेको भेटिएको छ ।

श्रेष्ठले १ करोड ४ लाख भन्दा बढी कारोबार गरेको भेटिएको प्रहरीको भनाइ छ । विश्वकप फुटबल खेल अवधिभरमा यसअघि काठमाडौं उपत्यकाबाट प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

Ads

सम्बन्धित पोष्टहरू