आज २१ डिसेम्बर । विश्व इतिहासमा आजः प्यालेस्टनाइनद्वारा बेथलहेम नियन्त्रणमादेखि जातीय विभेद उन्मूलनसम्बन्धी अन्तराष्ट्रिय महासन्धीमा हस्ताक्षर
आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । पस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
प्यालेस्टनाइनद्वारा बेथलहेम नियन्त्रणमा
सन् १९९५ को २१ डिसेम्बरमा इजरायली सेनाले बेथलहेमलाई नियन्त्रणमा लिएको थियो । वेस्ट बैंक र गाजा स्ट्रिपमा सन् १९९५ को सेप्टेम्बरमा गरिएको अन्तरिम सम्झौताबमोजिम इजरायल सेना वेथलहेम सहरबाट फर्किएको थियो । सन् १९२० देखि सन् १९४८ सम्म व्रिटीश सरकारको आदेशमा चल्दथ्यो । सन् १९४८ मा अरब र इजरायलबीच भएको युद्धमा सो सहरलाई जोर्डनले नियन्त्रणमा लिएको थियो ।
उडानमा बम बिस्फोट
सन् १९८८ मा जर्मनीको फ्रयांकफर्टबाट अमेरिकाको डेटरोइट उड्ने क्रममा पाम एम उडान नम्बर १०३ मा बम बिस्फोट भएको थियो । स्कटल्यान्डको सहर लकरबिमा पुगेपछि अतिवादीले विमानमा बिस्फोट गराउँदा विमानमा सबार सबैजनाको मृत्यु भएको थियो ।
विभेद उन्मूलनसम्बन्धी महासन्धी
सन् १९६५ मा जुनसुकै प्रकारका जातीय विभेद उन्मूलनसम्बन्धी अन्तराष्ट्रिय महासन्धीमा हस्ताक्षर भएको थियो । सो सन्धी सन् १९६९ को ४ जनवरीदेखि कार्यान्वयनमा आएको थियो । सो सन्धीले संसारभर जात र रंगका आधारम हुने विभेदलाई अन्त्य गर्ने प्रयास गरेको थियो ।
रेडियमको आविश्कार
पोलोनियमको आविश्कारपछि सन् १८९८ मा म्यारी र पियरे क्यूरीले रेडियोएक्टिभ रसायनिक तत्व रेडियम पत्ता लगाएका थिए । चाँदीजस्तो सेतो पर्दाथ रेडियम क्यान्सर उपचारमा प्रयोग हुन्छ ।
प्रतिक्रिया दिनुहोस्