Ads

प्रेस चौतारी नेपाल प्रदेश कमिटीको पूर्ण बैठक कञ्चनपुरमा सुरु


काठमाडौँ, । नेकपा एमाले निकटम प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठक सुरु भएको छ । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिकामा प्रेस चौतारी नेपाल प्रदेश कमिटीका अध्यक्ष कृष्ण ओलीको अध्यक्षतामा सुरु भएको बैठकमा प्रमुख अतिथी प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत रहेका छन् ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा सुरु भएको चौतारीको बैठकमा ४ मंसिरमा सम्पन प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा प्रेस चौतारी नेपालले खेलेको भूमीको समिक्षा, संगठन सुदृढीकरण, संगठनको भावी रणनिती विषयमा छलफल हुने प्रदेश कमिटीका अध्यक्ष ओलीले बताए ।

केहि दिनअघीमात्र नेपाल पत्रकार महांघले बितरण गरिरहेको नयाँ सदस्यता तथा नविकरणको बिषयमा पनि बैठकमा छलफल हुने उनले बताए ।

 

Ads

सम्बन्धित पोष्टहरू