Ads

सेन्ट्रल फाइनान्सले ५ प्रतिशत लाभांश दिने


काठमाडौं । सेन्ट्रल फाइनान्सले ५ लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

संस्थाको चुक्ता पुँजी ९४ करोड ८८ लाख ७५ हजार ४५८ रूपैयाँ ७२ पैसाको ५ प्रतिशतले हुने ४ करोड ७४ लाख ४३ हजार ७७२ रुपैयाँ ९४ पैसा नगद लाभांश शेयरधनीहरूलाई वितरण गर्ने कम्पनीले जानाएको छ ।

लेखा परीक्षण गरीएको वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृति भएर आए पश्चात् र आगामी साधारण सभामा लगानीकर्तालाई वितरण गरिनेछ ।

Ads

सम्बन्धित पोष्टहरू