काठमाडौं । निलम्बित नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको मुद्धामा आज उच्च अदालत पाटनमा सुनुवाई हुने भएकाे छ । काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राख्न गरेको आदेशका विरुद्ध परेको पुनरावेदनको आज सुनुवाई तोकिएको हो ।
लामिछानेको तर्फबाट उच्च अदालत पाटनमा दायर पुनरावेदनको न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ हुन लागेको छ ।
लामिछानेको तर्फबाट उनलाई थुनामा राख्न जिल्ला अदालतबाट भएको आदेश बेरीतको आदेश भएको भन्दै सोविरुद्ध पुनरावेदन दायर भएको थियो । उनीमाथि भदौ ५ गते एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस्