धनगढी, । सुदूरपश्चिममा निर्वाचित प्रदेश सभा सदस्यलाई यहिँ पुष १५ गते सपथ खुवाइने भएको छ । यसअघि ११ पुसभित्रै सपथ खुवाउने तयारी गरिएकोमा प्रदेश सभा सदस्यको व्यवस्तताका कारण १५ गते सारिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।
‘केही नवनिर्वाचित प्रदेश सभा सदस्य काठमाण्डौंमै रहेको र धनगढी फर्कन सयम लाग्ने खबर आयो,’ सचिव बोगटीले भने, ‘उहाँहरू ११ गते उपस्थित हुन नसक्ने जानकारी आएपछि १५ गते सारिएको हो ।’ उनका अनुसार १८ पुसमा प्रदेश सभाको पहिलो बैठक बोलाउने तयारी थालिएको छ ।
‘संवैधानिक व्यवस्थाअनुसार २१ पुसभित्र पहिलो बैठक बोलाइसक्नुपर्ने भएपछि प्रदेश प्रमुखज्यूले त्यस अघिनै बैठक बोलाउने भन्नु भएको छ,’ सचिव बोगटीले भने, ‘प्रदेश प्रमुखज्यूकै सल्लाहअनुसार १८ गते पहिलो बैठक बोलाउने तयारी भएको छ, कुनै समस्या नभए त्यही दिन बैठक बस्न सक्छ ।’
प्रदेश सभमा निर्वाचित सदस्यमध्ये अछाम २ (ख) बाट निर्वाचित ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावललाई प्रदेश प्रमुखले सपथ खुवाउने छन् । साउद प्रदेश सभामा सबैभन्दा जेष्ठ सदस्य हुन् । उनको उम्मेर ६८ वर्ष छ ।
प्रतिक्रिया दिनुहोस्