काठमाडौं । आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने भएको छ । बन्चरेडाँडा जाने सडक मर्मत गर्नुपर्ने भएकाले फोहोर व्यवस्थापन प्रभावित हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।
सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने मन्त्रालयले जनाएको हो ।
फोहरका गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आउने भएकाले केही दिन फोहरका गाडी नपठाउन मन्त्रालयले काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ ।
महानगरपालिकाले बिहीबार सार्वजनिक सूचनामार्फत यस अवधिमा आ-आफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाल्न भन्दै घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्