काठमाडौं । केही समय पहिले भाइरल भएका बालकलाकार सचिन परियार गम्भीर बिरामी भएका छन् । सामाजिक सञ्जालमा विभिन्न श्रष्टाहरुले सचिनको अस्पतालक तस्बिर सार्वजनिक गर्दै उनी हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारमा रहेको जनाएका छन् । उनको आइसीयूमा राखेर उपचार भइरहेको छ ।
उनी ९ वर्षको कलिलो उमेरमा चर्चामा आएका थिए । गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भए । उनको नाम चर्चामा आएपछि उनका बाबुसमेत लाइभ दोहोरी र अन्तवार्ता मार्फत युट्युबरका हटकेक बनेका थिए । युट्युबरहरुलाई हजारौं सब्सक्राइबर र लाखौं डलर दिएका उनको उपचारमा भने अहिले खर्च अभाव भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्