सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बलेफी गाँउपालिका ५ माथिल्लो बजारमा भर्याङको सिढीबाट लडी एक पुरुषको ज्यान गएको छ । झुण्डीएको अवस्थामा श्रीमतीलाई देखि हल्लाखल्ला गर्दै के भयो भनि हेर्न जाँदा माथिल्लो तल्लाबाट एक्कासी तल झर्दा ४५ वर्षीय शेरबहादुर श्रेष्ठको ज्यान गएको हो । सिढीबाट लडेर गम्भीर घाइते भएका श्रृष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।
शुक्रबार पौने ९ बजेको समयमा २ तले पक्की घरको भुई तल्लामा रहेको सिलिङ पंखाको फलामको डण्डीमा तन्नाको पासो लगाई झुण्डीएको अवस्थामा श्रीमती देखेपछि एक्कासी तल झर्दा उनी लडेर घाइते भएका थिए । मृतकले अत्याधिक मात्रामा मदिरा सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
आत्महत्या प्रयास गर्ने उनकी श्रीमती ४६ वर्षकी केशरी श्रेष्ठको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेका र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्