काठमाडौँ, । गएको सोमबार राष्ट्रपतिको कार्यालय सितल निबासमा शपथ ग्रहण गरि गृहमन्त्रीको पदभार समालिरहँदा नवनियुक्त गृहमन्त्री रवि लामिछानेले विभेद पूर्ण अभिव्यक्ति दिएका थिए । उहाँले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि १ नं.मै निर्णय गरी आवश्यक पहल गर्ने बताई रहँदा दलित समुदायका पीडितहरुको पक्षमा कुनै अभिव्यक्ती दिएको सुनिएन ।
उनले पदभार ग्रहण गरेर बालिका पन्तको न्यायको सन्देश त सुनाए तर दलित समुदायका अजित मिजार र रुकुम पश्चिमको चौरजहारीमा भएको नवराज विकको घटना विषयमा केही बोलेनन् ।
विगत ६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा अजित ढकाल (मिजार)को शव अलपत्र अवस्थामै छ । अन्तरजातीय प्रेम विवाहका कारण मारिएका अजिवको शवले नत अन्तिम संस्कार पायो नत न्याय नै । अजितको मुद्दा अहिले उच्च अदालत पाटनमा विचाराधीन छ । अजितको शवले छ वर्षदेखि न्याय पर्खिरहेको छ ।
त्यस्तै अजितसँगै मारिएका नवराज विकसहित ६ जना युवाका परिवारले पनि अहिलेसम्म पनि न्याय पाउन सकेका छैनन् । २०७७ जेठ १० गते अन्तरजातीय प्रेम गरेका कारण नवराज विकसहित, लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो । केही महिना अगाडि मात्रै उनीहरुका आमा–बाबु न्याय खोज्दै राजधानी काठमाडौंसम्म आएका थिए ।
उक्त घटनामा पक्राउ परेका ३४ मध्ये जिल्ला अदालत रुकुम पश्चिम र उच्च अदालत सुर्खेतले नवराजकी प्रेमीका र प्रेमीकाकी आमासहित ६ जनालाई छोडिसकेको छ । मुद्दा सर्वोच्च अदालतमा आइपुगेको थियो । काठमाडौं आएका उनीहरुले न्यायका लागि सरकारका विभिन्न निकायहरु र निवर्तमान गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेका थिए । तर उनीहरुको कुरा सन्ने निवर्तमान गृहमन्त्री खाँडसँग समय नै भएन । पीडितहरु जसरी आएका थिए उसैगरी घर फर्किए ।
“सिधाकुरा जनतासँग कार्यक्रम चलाउदै गर्दा दलित समुदायका मुद्दालाई सम्बोधन गर्दै घोक्रो सुकाउँदै सरकारलाई खबरदारी गर्ने गृहमन्त्री लामिछानेले कार्यभार सम्हालेपछि किन बोलेनन् ? धेरैको मनमा जिज्ञासाहरु उठेका छन् । तर उनीले न्यायको कुर्सी समाल्नासाथ विर्सिएका हुन ? बालिका निर्मलाको घट्नासँगै अजित र नवराज विकको घट्नालाई समेटेर बोल्नुपर्ने दलित अधिकार कर्मी तथा संचारकर्मी प्रेम विकको गुनासो छ ।” यसले गर्दा दलित समुदायलाई झन निराशा थपिएको उनले भने ।
“गृहमन्त्रीले आफ्नो कार्यभार सम्हालेपछि जसरी निर्मला घट्नाको बारे उठान गरेका थिए । त्यो सँगसँगै नरसिंहार भएको रुकुमको पनि उनले कुरा उठाउन सक्थे तर कुरा उठाएनन्, समता फाउण्डेसनका कार्यकारी अध्यक्ष प्रदीप परियारले भने ।” यसको मतलब दलितप्रति अहिलेपनि सरकार संवेदनशील छैन भन्ने बुझ्न सकिन्छ । “पत्रकार हुँदा लामिछालेले दलित समुदायको मुद्दाका विषयमा बोल्ने अहिले सम्बन्धित निकायमा गएपछि किन बोलेनन् ?” यो विषयमा दुईचार दिन पर्खिने र नयाँ निर्णय गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्