Ads

हुम्लामा समयमै हिमपात नहुँदा जताततै डढेलो


हुम्ला, । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा समयमै हिमपात नहुँदा जताततै डढेलोको प्रकोपहरु थालेका छन् । समयमै हिँउदे पानी (हिमपात) नपर्दौ वनजंगलमा डढेलोले क्षति पुगेको छ भने अर्कातिर पशुचरनमा समेत समस्या हुँदै आएको छ ।

विगतका वर्षहरुमा हुम्लामा असोज र कात्र्तिमै हिमपात देखिने तर यो वर्षमा भने हिमपात नहुँदा विभिन्न समस्यहरु देखिन थालेको छ । हुम्लाका विभिन्न स्थानीय तहमा स्थानीयहरुले जताततै डढेलो लगाउने समस्यले जङ्गलका साना साना विरुवाहरु नष्ठ हुदै जाने सम्भावना बढेको अत्यधिक वन विनास हुन सक्ने स्थानीयको गुनासो छ ।

जिल्लाको सिमकोट गाउँपालिका – ८ मा पर्ने याँगु गाउँको सामुदायिक वनबाट राती–राती काठ चोरी तस्करी हरुपनि बढेको छ । काठ चोरी तस्करी गर्नेबाटै जङ्गलमा आगोलागी हुदै आएको सामुदायिक वनका पदाधिकारीले बताउनुभयो ।

डढेलोले सिमकोट क्षेत्र वरपर बाक्लो धुँवाको मुस्लो निस्केको छ । त्यसले स्थानीयहरुलाई निकै असर गर्नेसक्ने पनि बताइएको छ । स्थानीय र सम्बन्धीत कार्यालयले डढेलो नियन्त्रण गर्नखोज्दापनि नियन्त्रण नआएको छ ।

 

यस्तै जिल्लाभरका दर्जनौं गाउँका वनजङ्गलमा आगलागी हुँदा धेरै क्षति भएको जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले सूचना संकलन नहुँदा एकीन आँकडा थाहा नभएको जनाएको छ । यो यो वर्षमा समयमै जिल्लामा हिमपात नहुँदा यो समस्य देखिएको छ

 

Ads

सम्बन्धित पोष्टहरू