काठमाडौं । आज शुक्रवारका लागि नेपाल राष्ट्र बैँकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १८ पैसा र बिक्री दर १३२ रूपैयाँ ७८ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ७६ पैसा र बिक्री दर १४१ रूपैयाँ ४० पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ २५ पैसा र बिक्री दर १५९ रूपैयाँ ९७ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ ९९ पैसा र बिक्री दर १४३ रुपैयाँ ६४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ८६ पैसा र बिक्री दर ८९ रुपैयाँ २६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्