Ads

आगामी तीन दिनको यस्तो छ मौसमी अवस्था


काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू(भागमा  आंशिक बदली रही तराईका केही भू– भागमा हुस्सु/कुहिरो लागेको अवस्था छ।

दिउँसोː  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भ–भागमा आंशिक देखि सामान्य बदली  रही  बाँकी भू–भागमा आंशिक बदली  देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु–भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Ads

सम्बन्धित पोष्टहरू