Ads

आज नेपाली बजारमा सुनको मूल्य बढ्यो


काठमाण्डौ । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ पुगेको छ।

आइतबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Ads

सम्बन्धित पोष्टहरू