भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले सुरक्षित भक्तपुरका लागि दैनिक गस्ती टोली खटाइरहेकाे बताएका छन् । परिसरले मंगलबार परिसरमा आयोजना गरेको पत्रकार भेटघाटमा भक्तपुरलाई सुरक्षित सहरको रुपमा स्थापित गर्न दैनिक गस्ती टोली खटाएकाे बताए ।
परिसरका एसपी केसीले भक्तपुरलाई सुरक्षित स्थानको रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको बताए । परिणामस्वरु अहिले भक्तपुरमा लुटपाटको घटनामा कमी आएको दाबी गरे । पहिला रातको समयमा बाटोमा हिड्दा मोबाइल, पैसा लुटिने घटना धेरै आउँथे । अब त्यस्ता घटना निकै कम छन् ।’
विशेष गरेर रातको समयमा ठाउँठाउँमा गस्ती प्रहरी टोली खटाएको उनको भनाइ छ । टोलीलाई प्रभावकारी रुपमा काम गराउन टोली प्रमुखले निगरानी गर्ने गरिरहेको उनले जनाए ।
कार्यक्रममा परिसरका सूचना अधिकृत राजु पाण्डेले भक्तपुरमा लागुऔषध दुर्व्यसनकर्ता पक्राउको संख्यामा पनि कमी आएको बताए । लागूऔषध प्रयोगकर्ता बस्ने क्षेत्रमा निगरानी गरी त्यहाँं उनीहरूलाई बस्नै नदिएकोले यस्तो घटनामा कमी आएको उनले बताए । विशेष गरेर हनुमानघाट, राममन्दिरलगायतका स्थान तथा रातको समयमा अलि सुनसान र अध्यारो हुने सार्वजनिक पाटीमा विशेष निगरानी गरेर त्यस्ता क्षेत्रमा मानिसको जमघट नै नगराइराखएको उनले जनाए ।
प्रतिक्रिया दिनुहोस्