Ads

एपिएफलाई हराउँदै संकटा आहा राराको फाइनलमा


पोखरा । संकटा क्लब २२ औं आहारारा पोखरा गोल्डकप प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई ४–१ गोल अन्तरले पराजीत गरी संकटा फाइनल प्रवेश गरेको हो । संकटाको जितमा स्टेफन विनोङ र मेसुके ओलामाउले २÷२ गोल गरेका थिए । एपीएफका तर्फबाट हरि कार्कीले सान्त्वना गोल फर्काए ।

खेल सुरु भएको ४ मिनेटमै संकटाका लागि स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाए । ४२ औं मिनेटमा मेसुके ओलामाउले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोलले पछि परेको एपिएफका विरुद्ध ६० औं मिनेटमा पुनः स्टेफन बिनोङलेले व्यक्तिगत दोस्रो तथा टीमका लागि तेश्रो गोल गरे ।

७३ औं मिनेटमा एपीएफका लागि कार्कीले सान्त्वता गोल गरेपनि जितका लागि पर्याप्त भएन । ८५ औं मिनेटमा संकटाकै मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै टीमलाई ४–१ को जीत निकाले । दोश्रो सेमिफाइनल खेल विहिबार पोखरा रंगशालामा हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू