Ads

निष्पक्ष, प्रतिस्पर्धी र व्यावसायिक विज्ञापन व्यवसायमा जोड


काठमाडौँ, । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले विज्ञापनलाई निष्पक्ष, प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउनुपर्नेमा जोड दिएका छन् ।
यस सम्बन्धमा विज्ञापन एजेन्सीहरूको मुख्य भूमिका रहेको उनले बताए।

‘विज्ञापन बोर्डको कार्यक्षेत्र र विज्ञापन एजेन्सीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सचिव अर्यालले सुझाव र प्रतिक्रियाका आधारमा विज्ञापन व्यवसायलाई स्वच्छ, स्वस्थ, व्यवस्थित र व्यावसायिक बनाउन सकिने विश्वास व्यक्त गरे ।

सञ्चार तथा सूचना प्रविधि सचिवले विज्ञापन एजेन्सीले स्वनियमन गरी आफ्नो जिम्मेवारी पूरा गरे सहजीकरणका लागि सरकार सदैव तयार रहेको बताए ।

उनले यस कार्यक्रममा प्रस्तुत हुने कार्यपत्रमाथि छलफलपछि आउने सुझावले विद्यमान कमजोरीलाई सच्याउने अवसर दिने विश्वास व्यक्त गरे । विभिन्न चरणमा छलफल गरी सम्बन्धित निकायको सुझावलाई समेटेर विज्ञापन आचारसंहिता ल्याइएको बताउँदै डा अर्यालले समयसापेक्ष आचारसंहिता परिमार्जन र परिमार्जन गर्न सकिने बताए ।

बोर्डले विज्ञापनसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने क्रममा रहेकाले विज्ञापनसम्बन्धी ऐन–नियममा रहेका कमजोरी सच्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले विज्ञापनसम्बन्धी राष्ट्रिय नीतिका लागि सुझाव दिन सरोकारवालालाई आग्रह गरे ।
मन्त्रालयका सचिवले बोर्ड स्वायत्त निकाय भएको र यसको निर्णय प्रक्रियामा मन्त्रालयले हस्तक्षेप नगरेकोमा जोड दिए ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले सरोकारवालाको आवाज र गुनासो सुनेर समस्या समाधान गर्ने उद्देश्यले अन्तरक्रिया गरिएको बताए । उनले बोर्डमा सूचीकृत निकायको सहभागितामा पहिलो पटक अन्तरक्रिया हुन लागेको बताउँदै सरोकारवालाको सुझाव नै बोर्डको नीति र कामको आधार हुने बताए ।

विज्ञापन व्यवसायलाई स्वच्छ, स्वस्थ, पारदर्शी, मर्यादित र प्रतिस्पर्धात्मक बनाउन बोर्डले काम गरिरहेको दोहो¥याउँदै अध्यक्ष हुमागाईले बोर्ड आफ्नो काममा स्वायत्त रहेको बताए ।

नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष सोमप्रसाद धितालले बोर्डलाई स्वायत्त र प्रभावकारी बनाई विज्ञापन क्षेत्रको नियमन र प्रवद्र्धनका लागि थप काम गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न मन्त्रालयलाई आग्रह गरे । उनले बोर्डलाई विज्ञापन व्यवसायीको हक र हितमा काम गर्ने सहजकर्ताको रुपमा मात्रै रहने सुझाव दिए ।
एएन अध्यक्षले बोर्डले विज्ञापन क्षेत्रका सबै पक्षलाई समेटेर कार्यक्षेत्र विस्तार गर्नुपर्ने सुझाव पनि दिए ।

अन्तरक्रियामा विज्ञापन उद्योगसँग सम्बन्धित विभिन्न विषयमा चार कार्यपत्रमाथि छलफल हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू