Ads

सेवाकाे नाममा गौशाला धर्मशालामा व्यापार


काठमाडौं । अमालकोट कचहरी र सेवा समितिबीच  २०६० जेठ १२ गते विशुद्ध सेवाका लागि धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता भए पनि सम्झौताको १९ वर्षपछि पशुपति गौशाला धर्मशाला अघोषित व्यापारिक केन्द्र भएको छ । पशुपतिनाथ  मन्दिर आउने दर्शनार्थीका लागि सञ्चालित धर्मशालामा लज चलाइएको  छ ।

सहुलियतमै लज चलाए पनि सेवा समितिले १९ वटा सटरबाट कार्यविधिबिनै चर्को भाडा असुली गरिरहेको छ । पशुपति गौशाला धर्मशालामा पसल सञ्चालन गर्ने स्याङ्जाका श्रीधर न्यौपानेले  ३० हजार रुपियाँभन्दा बढी मासिक भाडा तिर्छन् । उनले भने, “दुई वर्षमा सम्झौता नवीकरण गर्नुपर्छ । मैले १४ वर्षदेखि पसल चलाइरहेको छु । भाडा चर्को  छ  ।

”धर्मशालामै ट्राभल्सका सञ्चालक अच्युत चापागाईंले पनि कार्यालय चलाएको १० वर्ष भयो । उनले मासिक ३५ हजार रुपियाँ भाडा तिरेका छन । सेवा समितिका अध्यक्ष  कैलाशचन्द्र  गोयलले १९ मध्ये १८ वटा सटर भाडामा लगाइएको बताए । उनले  धर्मशालाबाट उठ्ने  भाडा पारदर्शी रहेको दाबी गरे । उनले भने, “हामीले यत्रो सेवा गरिरहेका छौँ । तपाईं भाडाको कुरा  गर्नुहुन्छ  !  प्रक्रिया  मिलाएको  छ, अफिस आउनुस्, देखाउँला ।”

Ads

सम्बन्धित पोष्टहरू