काठमाडौँ, । नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य रणेन्द्र बरालीलाई सम्मान गरेको छ । प्रतिष्ठान यहाँ आज ‘शुभकामना, बधाई तथा सम्मान’ कायक्रममा कर्णाली प्रदेशको प्रदेश प्रमुख तिलक परियारले सम्मान गर्नुभयो ।
लामो समयदेखि दलित समुदायको मुक्तिको निम्ति सङ्घर्ष गर्नुभएका सांसद बराली नेकपा (माओवादी केन्द्र) को तर्फ समानुपातिक सांसदमा निर्वाचित हुनुभएको हो । प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका सांसद बरालीले नेपाली साहित्यको क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ ।
सोही अवसरमा प्रदेश प्रमुख परियारले सामाज रुपान्तरणको निम्ति दलित समुदायको मुद्दा राज्य र समाजको साझा मुद्दा बन्नुपर्ने धाराणा राख्नुभयो । प्रतिष्ठानका उापाध्यक्ष तथा दलित अधिकारकर्मी मोतिलाल नेपालीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका लगायत राज्यका हरेक संरचनामा दलित समुदायको समाज सहभागिताको माग गर्नुभयो । हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट संंसदमा समानुपातिकमा १५ जना र प्रत्यक्षमा एक जना गरी दलित समुदायबाट १६ जनाको प्रतिनिधित्व भएको छ ।
प्रतिनिध सभामा जम्मा सांसदको संख्या २७५ मध्ये समानुपातिक र प्रत्यक्ष गरी कूल जनसंख्याको १४ प्रतिशत १६ जना सांसदको मात्रै सहभागिता कमजोरर देखिन्छ । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकमा २८ जना सांसद निर्वाचित भएका छन् । संविधान सभा–२०६४ मा ६०१ जनामा ५१ जना (८.४८ प्रतिशत), २०७० मा ४१ जना (६.८२ प्रतिशत), पहिलो प्रतिनिधि सभाको निर्वाचन, २०७४ मा १९ जना (६ प्रतिशत), दलित समुदायको सहभागिता रहेको थियो ।
सांस्कृति रूपान्तरणको क्षेत्रमा समेत विज्ञानसम्मत ढङ्गले रचनात्मक र सिर्जनात्मक कार्य गर्दै सिङ्गो मुलुकलाई अग्रगामी दिशा दिन साहित्यिक एवं सांस्कृतिक पक्षको महत्वपूर्ण भूमिका रहने हुँदा त्यसको कर्तव्यबोध र दायित्वबोध गरी नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको २०४९ सालमा स्थापना र सञ्चालन गरिएको हो र ।
प्रतिक्रिया दिनुहोस्