काठमाडौं । गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज बसेको थियो । नयाँ सरकार गठनपछि राष्ट्रपति विद्यादेवि भण्डारीको आवह्रानमा पहिलोपटक प्रतिनिधिसभाको बैठक बसेको थियो।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बसेको थियो । बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य जबराले सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए।
साथै उनले प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको व्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको पहिलो बैठकमा सत्ता पक्ष र प्रतिपक्षका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा एमालेका ७९, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्र चार सांसद छन् । प्रधानमन्त्री दाहालले भोलि विश्वासको मत लिनेछन् ।
प्रतिक्रिया दिनुहोस्