Ads

सिद्धार्थनगरमा उपप्रमुखकाे सुरक्षित मातृशिशु कोशेली भेट


भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरक्षेत्रका सुत्केरीहरुका लागि उपप्रमुख सुरक्षित मातृशिशु कोशेली भेट कार्यक्रम सुरु गरेको छ । जनचेतना बढाई मातृ मृत्यु दर र बाल मृत्यु दर न्यूनिकरण गर्न नगरपालिकाले नगरपालिकले सुत्केरी आमाहरुसँग शुभकामना सन्देश सहित नगर उप प्रमुखको कोशेली भेट कार्यक्रम ल्याइएको हो । कार्यक्रम अन्र्तगत पालिकामा रहेका सुत्केरी आमाहरुलाई शुभकामना सन्देश सहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ ।

सोमबार नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १ बेलहिया स्थित घर घरमा पुगेर सुत्केरी आमाहरुसगँ कोसेली भेट गरेकी छिन् । कोसेली झोला सहित घर घरमा पुगेर आमाहरुलाई कोसेली दिदै उपप्रमुख अधिकारीले सुत्केरी भएको अवस्थामा उनीहरुको स्वास्थयका साथै नगरवासीको मुहारमा खुशी ल्याउनका लागि कोसेली भेट गरेको बताइन् । सुत्केरी आमा तथा शिशुको पोषण समबन्धि सचेतना अभिबृद्धि गरी आमा तथा बच्चाको पोषण स्थिती तथा स्वास्थ्यलाई प्रवद्र्धन गर्न सुत्केरी कोशेली भेट कार्यक्रमलाइ निरन्तरता दिइएको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले बताइन ।

कोशेली भेटमा करिब ३ हजार मुल्य बराबरका झुल, सेनेटरी प्याड, म्याक्सी, घयु मह ज्वानो, बच्चा र आमाको लागि नुहाउने साबुन, लुगा धुने पाउडर, बच्चाको तेल, डिटोल साबुन, कोशेली झोला सहित सन्देश मुलक शुभकामना कार्ड वितरण गरिने उममेयरको सचिवालयले जानकारी दिएको छ ।

नगरपालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने, विवाह दर्ताको प्रमाण, न्युनतम ४ पटक गर्भवती जाँच गरिएको अस्पतालको कार्ड, आमा र बच्चाको खोपकार्ड, अस्पतालबाट जारी शिशुको जन्म प्रमणपत्र, जन्मदर्ताको प्रमाण, बुबाआमाको नेपाली नागरिकताको प्रतिलिपी हुनुपर्ने नगरालिकाले प्रावधान बनाएको छ ।

‘यसले समयमै जन्मदर्ता गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुने बानीको समेत विकास गर्नेछ’, उपप्रमुख अधिकारीले भनिन् । सुत्केरी अवस्थामा के खाने ?, कति दिन आरामा गर्ने ? कस्ता खानेकुरा खाएमा शरीरलाई फाइदा गर्छ ? जस्ता सन्देश लेखिएको पम्पलेट समेत कोसेली भेटमा उपलब्ध गराइएको छ । ‘यसले आमा र बच्चाको मृत्युदरलाई घटाउन पनि टेवा पुग्ने विश्वास लिएका छौँ’, अधिकारीले भनिन् ।

नगरप्रमुख इस्तियाक अहमद खानले सुत्केरीको लागि महत्वपूर्ण कार्यक्रम रहेकोले नगरवासीले सेवा लिन आग्रह गरका छन । हुनेखानेका लागि सुविधा भएपनि गरिबीरेखा मुनिको लागि महत्वपूर्ण ठानेर यो कार्यक्रम ल्याइएको छ । मापदण्डमा नआएकाहरुको लागि पनि व्यक्तिगत खर्चको व्यवस्थापनमा भएपनि सबै नागरवासीका सुत्केरीहरुले पाउने व्यवस्था मिलाउने बताए ।

Ads

सम्बन्धित पोष्टहरू