काठमाडौं, । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच एकता भई एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरमा गएपछि स्थापित बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भएको छ ।
‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नाराका साथ एकिकृत कारोबार सुरू गरी एकता र उत्कृष्टतालाई जोड दिएको बैंकले जनाएको छ ।
औपचारिक समारोहबीच नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकिकृत कारोबारको शुभारम्भको घोषणा गरेका छन् ।
दुबै बैंकबीच सेयर स्वाप अनुपात १००ः९० रहेको छ । एकतापछि बनेको नयाँ बैंकको अध्यक्षमा समविक नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेको स्रोतले जनाएको छ ।
बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले दुबै बैंक एकआपसमा गाभिए पश्चात देशकै ठुला वाणिज्य बैंकहरू मध्ये एक हुने र सम्पूर्ण वित्तिय सूचकहरूमा अग्रता हासील गर्न सक्षम हुने दाबी गरेका छन् । दुई बैंकको एकताले वित्तिय संस्थामा थप उर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको जर्जर नितीलाई थप उत्साह प्रदान गरी अन्य बैंक समेत एकतामा जान प्रेरित हुने उनको भनाई छ ।
यस्तै गेगा बैंकका अध्यक्ष भोज बहादुर शाहले मर्जरपछि दुबै बैंकको नाम र काम अनुसारको गरीमालाई कायम राख्ने बताएका छन् । दुबै बैंकमा रहेका असर परम्परा, संस्कार, ग्राहकहरूको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षलाई अंगिकार गर्नुका साथै शेयरधनीहरूको प्रतिफलमा न्यायोचि वृद्धि र निरन्तरता दिँदै जाने उनले विश्वास व्यक्त गरे ।
एकतापछि बैंकको कुल चुक्ता पूँजी रू. ३४.१२ अर्ब, कुल पूँजी रू. ५८ अर्ब भन्दा बढी र कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ नाघेको छ ।
यसैगरी एकतापछि बैंकका शाखा संख्या २९६ पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९, शाखारहित बैंकिङ सेवा १०९ तथा एटिएम सञ्जाल २७९ पुगेको छ । निकटतम भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७७ वटै जिल्ला समेटि हरेक नागरीकलाई वित्तिय पहुँच सुनिश्चित गरीने प्रतिवद्धता बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्