Ads

सन्दीपकाे निवेदनमाथि उच्च अदालतको सुनुवाइ सकियो


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ । लामिछानेको निवेदनमाथिको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा भएको हो ।

सन्दीप नाबालिका बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीपले उच्च अदालत गुहारेका हुन् ।

यसअघि ३ पटक पेशी चढेर पनि सुनुवा‍इ भएन । बिहीबार लामिछानेको मुद्दामा अधिवक्ता शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका छन् ।

गत कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले दुवै पक्षको बहसपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । यसअघि पुस १२ गते बलात्कार आरोपित पूर्वकप्तान लामिछानेबाट पीडित किशोरीको जन्मदर्ता प्रमाणपत्र झिकाउन जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आदेश दिएको थियो ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा गत असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू