काठमाडौं- सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा टुंगिएको छ । भोलि मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे सपथ हुने तय भएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।
‘कुन पार्टीले कुन कुन मन्त्रालय लिने भन्ने तय गर्यौं । भोलि मन्त्रीसहित सार्वजनिक गर्ने छौं,’ उहाँले भन्नुभयो ।
सल्लाहमा कुनै मन्त्रालय हेरफेर भएपनि सपथ भने १ बजेका लागि तय भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्