आज १७ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः
जापानको विनाशकारी भूकम्प
सन् १९९५ को १७ जनवरीमा जापानमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पले जापानको कोबी सहर प्रभावित भएको थियो । ६ दशमलव ९ म्याग्निच्युडको सो भूकम्पका कारण ६ हजार ४३४ जनाको मृत्यु भएको थियो भने सयौं घाईते भएका थिए । भूकम्पले दुई सय अर्ब डलर क्षति पुगेको थियो ।
सुरक्षा परिषद्को पहिलो बैठक
सन् १९४६ मा राष्ट्रसंघको सुरक्षा परिषद्को पहिलो बैठक बसेको थियो । सुरक्षा परिषद् राष्ट्रसंघको महत्वपूर्ण निकाय हो । परिषद्ले अन्तर्राष्ट्रिय सुरक्षा र शान्ति कायम गर्छ ।
डेनमार्कसँग अमेरिकाले किनेका तीन टापु
सन् १९१७ मा अमेरिकाले डेनमार्कबाट तीन ओटा अलग अलग भूमि किनेको थियो । अमेरिकाले किनेका तीन ओटा भर्जिन टापुहरुमा सेन्ट थोमस, सेन्ट जोन र सेन्ट क्रोइक्स हुन् । यी सबै टापु अमेरिकाले दुई करोड ५० लाख डलरमा किनेको थियो ।
प्रतिक्रिया दिनुहोस्