काठमाडौं । नाबालिका गायिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पूर्णविक्रम उर्फ पल शाहको मुद्धामा आज सुनुुवाइ हुँदैछ । नवलपुर जिल्ला अदालतको आदेशले बाल यौन दुरुपयोगको आरोपमा थुनामा रहेका अभिनेता शाहको मुद्दामा आज तनहुँ जिल्ला अदालतमा अन्तिम सुनुवाइ हुन लागेको हो । ।
यसअघि पटक पटक पेशी तोकिएपनि स्थगित हुँदै आएको थियो । तर आज पलको तर्फबाट स्थगित नगराउने र सुनुवाई हुने सम्भावना रहेको बताइएको छ ।
नाबालिक बलात्कार आरोपको मुद्दा नवलपुर जिल्ला अदालतमा पनि दर्ता भएको थियो । जिल्ला अदालतले नवलपुरले भदौ २१ गते फैसला गर्दै उनलाई बलात्कारको आरोपमा सफाइ दिएपनि बाल यौन दुरुपयोगको कसुरमा अढाई वर्ष जेल सजायको फैसला भएको छ । तनहुँ अदालतको फैसलापछि पल कति जेल बस्नपर्ने भन्ने टुंगो लाग्नेछ ।
प्रतिक्रिया दिनुहोस्