Ads

अदालतले सफाई दिएपनि अभिनेता शाह तत्काल रिहा नहुने


काठमाडौँ, । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएपनि तत्काल रिहा हुने छैनन् ।

एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए ।

सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

हाल उनी जिल्ला अदालत नवलपरासी पूर्वको फैसला अनुसारको सजाय भुक्तान गर्न जेलमा छन् ।

जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू