अछाम, । नेकपा एमालेका नेता डा. भीम रावलले पाँच दशक लामो समयदेखि पार्टी र राष्ट्रहितका लागि आवाज उठाउँदै आएको बताएका छन् । आफ्नो रगत र पसिना एमालेमा बगेको बताउँदै पार्टीका नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागिरहने नेता रावलको भनाई छ ।
आम निर्वाचन पछि अछाममा पुगेका राउलले आफुले पार्टीको सिद्धान्त र राष्ट्रहित विपरितका कुनै कार्य नगरेको स्पष्ट पारेका छन् ।
आफु आम निर्वाचनका लागि अछाम क्षेत्र नम्बर १ बाट वडा, नगर, क्षेत्र, जिल्ला तथा प्रदेशबाट एकल उम्मेद्धारमा सिफारिस भए पनि टिकट नदिएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिका कारण पटक पटक देशभक्त व्यक्तिमाथि प्रहार हुँदै आएको बताएका छन् । आफु यसै पार्टीमा क्रियाशिल रहने भन्दै कसैले जवरजस्ती बाटो रोक्न खोजेमा आफुले पनि आफ्नो बाटो खोज्ने समेत बताएका छन् ।
उनले कसैले पनि विपरित सिद्धान्त र विचार भएका पार्टी तथा व्यक्तिसंग चुनावी गठबन्धन नगर्ने भन्दै नेपालका राजनीतिक दलले यसो गरेको र यसले अहिले नै सिद्धान्तहिन गतिविधि गरिरहेको बताए ।
सरकारले गरेको राम्रो कामको सधैँ प्रशंसा गर्ने भन्दै गलत कामको आलोचना गर्ने नेता रावलको भनाई छ । सरकारका कतिपय मन्त्री स्वार्थ बाँझिने मन्त्रालयमा रहेका छन, उनले भने, यसले जनतामा सुशासनको अनुभूति नहुनसक्ला ।
आफुले जहिले पनि राष्ट्रको हितमा आवाज उठाएको नेता रावलले बताए । देशभक्तीपूर्ण आवाजमा देशभरका राष्ट्रभक्ति नागरिकको साथ रहने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्